बैशाख २७, २०८१, बिहीबार
               

प्रचण्ड माधव समूहले बोलायो स्थायी समिति बैठक

नेपाल फ्ल्यास
फागुन २३, २०७७

ADVERTISEMENT

नेकपाको प्रचण्ड–माधव पक्षले स्थायी कमिटी बैठक बोलाएको छ । आइतवार बेलुका प्रचण्ड–माधव पक्षले कानुन विद्संग परामर्श गरेपछि पार्टीभित्र छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको हो । 

भोलि बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको हाे । पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक बोलाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

सर्वोच्च अदालतले नेकपाको वैधानिकता ऋषि कट्टेल अध्यक्ष रहेको पार्टीलाई दिएपछि तत्कालीन एमाले र माओवादी केन्द्र पूर्वअवस्थामै पुगेपछि उत्पन्न राजनीतिक जटिलता र आगामी रणनीतिबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको नेता श्रेष्ठले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि