बैशाख ०८, २०८१, शनिबार
               

विवादित नेकपाबारे सर्वोच्चको फैसला आयोगमा दर्ता

नेपाल फ्ल्यास
फागुन २३, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा नाम विवादबारे सर्वोच्च अदालतको फैसला निर्वाचन आयोगमा दर्ता भएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार आइतबार सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको पार्टीलाई नेकपाको आधिकारिकता दिने फैसला निर्वाचन आयोगमा दर्ता भएको हो । 

सर्वोच्चको फैसलाले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) २०७५ जेठ ३ भन्दा पहिलेको अवस्थामा पुगेका छन्।

अब आयोगले अदालतको फैसला गरेअनुसार नै गर्छ, के के गर्नुपर्ने भनेको छ त्यही गर्छौँ,’ श्रेष्ठले भने, ‘अन्य विषयको हकमा कानुनको व्याख्या जसरी हुन्छ त्यहीअनुसार गर्छौँ। फैसला कार्यान्वयन गर्दा त्यसले माग गर्ने विषयहरुको निकास दिँदै जानुपर्छ।’


कस्तो लाग्यो ?

यो पनि