बैशाख २७, २०८१, बिहीबार
               

प्रचण्ड-नेपाल समूहको दलको नेता परिर्वतनको सूचना दर्ता
११२ जनाकाे हस्ताक्षर

नेपाल फ्ल्यास
फागुन २३, २०७७

ADVERTISEMENT

नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड-नेपाल समूहले दलको नेता परिर्वतन भएको सूचना संघीय संसद् सचिवालयमा दर्ता गराएको छ ।

शुक्रबार संसदको अधिवेशन सुरु हुनुपूर्व प्रचण्ड-नेपाल समूहले दलको नेतामा पुष्पकमल दाहाललाई चयन गरिएको सूचना सविचालयमा दर्ता गराएको हो ।

११२ जनाको हस्ताक्षरसहित दलको नेता र्निविरोध निर्वाचित गरिएको व्यहोराको पत्र दर्ता गराइएको नेता रामनारायण विडारीले जानकारी दिए । पत्रमा मुख्य सचेतकमा देव गुरुङ्गलाई यथावत राखिएको र उपनेता सुवास नेम्वाङ्गलाई पनि उपनेताबाट निलम्बन गरिएको जनाइएको छ । दलको नेता परिर्वतनको सूचना दर्ता गरेपछि संचारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिदै नेता विडारीले सबै ११२ जना हस्ताक्षरकर्ता सांसदहरू समेतको उपस्थितिमा दलको नेता परिर्वतन भएको सुचना दर्ता गरिएको जानकारी दिए ।

त्यसअघि अध्यक्ष पुष्पकमल दाहाल, अर्का अध्यक्ष माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनालसहितका नेताहरुले महासचिव डाक्टर भरत गौतमलाई भेटी दलको नेता परिर्वतन भएको जानकारी गराएका थिए ।


कस्तो लाग्यो ?

यो पनि