बैशाख २७, २०८१, बिहीबार
               

‘सर्वोच्च अदालतको फैसलालाई बेठिक टाइमको न्यायको संज्ञा’

नेपाल फ्ल्यास
फागुन २३, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड माधव समूहका नेता एवं संसदीय दलका मुख्य सचेतक देव गुरुङले सर्वोच्च अदालतको फैसलालाई बेठिक टाइमको न्यायकोव संज्ञा दिएका छन् ।

आइतबार सर्वोच्च अदालतले यसअघि ओली-दाहालले नेतृत्व गरेको नेकपा खारेज गरी ऋषि कट्टेललाई दिने फैसला गरेसँगै दाहाल-नेपाल समूहका मुख्य सचेतक गुरुङले सो संज्ञा दिएका हुन् । 

अदालतको फैसलाले दलको आधिकारिकतासम्बन्धी निर्वाचन आयोगको ‘डेडलक’लाई अझै मद्दत पुग्न सक्ने उनको भनाइ छ । नेता गुरुङले फैसलासँगै साविकको नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्यूँताइ यथास्थानमा गयो भन्न नमिल्ने बताए । 

पार्टी एकीकरणपछि तीन वर्षमा धेरै काम काम भएको बताउँदै उनले त्यसलाई सरकारले पनि स्वामित्वमा लिएकाले एकीकरणका सबै अवयव मेटिन नसक्ने बताए । 

‘जुन परिस्थितिमा आएर फैसला गरेको छ यसले नेपाल कम्युनिस्ट पार्टी नेकपाको निर्वाचन आयोगमा परिराखेको बहसको सम्बन्धमा केही केही प्रभाव पार्न सक्छ भन्ने लाग्छ । अहिले चाहिँ उपयुक्त समय हो भन्ने देखिँदैन । न्याय इनटाइममा दिनुपर्थ्यो। बेठिक टाइममा चाहिँ न्याय दिने काम भयो । यसले पार्ने साइड इफेक्टहरु के कस्तो पार्छ हाम्ले हेरेर मात्रै पछि प्रतिक्रिया दिउँला,’ उनले भने ।


कस्तो लाग्यो ?

यो पनि