बैशाख २७, २०८१, बिहीबार
               

नेकपा नाम पाएपछि ऋषि कट्टेलले भने ‘सर्वोच्चले न्याय दियो ’

नेपाल फ्ल्यास
फागुन २३, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपाको नाम विवादबारे सर्वोच्च अदालतले आफ्नो पक्षमा फैसला सुनाएपछि ऋषि कट्टेलले सर्वोच्चबाट अपेक्षत फैसला आएको बताएका छन् । 

सो क्रममा उनले उनले निर्वाचन आयोगले अन्याय गरे पनि सर्वोच्चले न्याय दिएको टिप्पणी गरे ।

फैसलासंँगै अर्को पक्षको नेकपाको विषयमा भने उनले अब सरकारी नेकपा भन्ने नरहेको बताए । ‘निर्वाचन आयोगले उहाँहरुलाई (केपी ओली र पुष्पकमल दाहाल ’प्रचण्ड’लाई) तपाईंहरुको नाम खारेज भएकाले अर्को नाम ल्याउनुस् भन्ला’, उनले प्रतिक्रिया दिए । 

यता सर्वाेच्चको फैसला सत्तारुढ नेकपाको ओली पक्षले पनि स्वागत गरेको छ । उता प्रचण्ड पक्षले भने अनपेक्षित भनेको छ ।


कस्तो लाग्यो ?

यो पनि