बैशाख २५, २०८१, मंगलबार
               

सर्वोच्चको फैसलासँगै दाहाल-नेपाल समूह छलफलमा

नेपाल फ्ल्यास
फागुन २३, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा दाहाल-नेपाल समूह आकस्मिक छलफलमा जुटेको छ ।

यसअघि ओली-दाहालले नेतृत्व रहेको नेकपा सर्वोच्च अदालतबाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ऋषिराम कट्टेललाई दिने फैसलासँगै प्रचण्ड–माधव समूह आकस्मिक छलफलमा जुटेको हो । 

यतिखेर सिंहदरबारमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल लगायत शीर्ष नेताहरुबीच छलफल चलिरहेको छ । अदालतले एमाले र माओवादी एकीकरणअगाडिकै अवस्थामा फर्काइदिएको छ । अदालतले दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा पार्टी विवादबारे सर्वोच्चको फैसला अपेक्षा गरेभन्दा फरक आएको भन्दै असन्तुष्टि जनाएका छन् । 

सर्वोच्चको फैसला आएपछि संक्षिप्त प्रतिक्रियासँगै अध्यक्ष दाहालले सो बताएका हुन् । अध्यक्ष प्रचण्डले फैसला नहेरी थप टिप्पणी नगर्ने बताएका छन् । 

यो पनि