बैशाख २८, २०८१, शुक्रबार
               

संसद् बैठक : नेकपाका दुबै पक्षका नेताहरू सत्तापक्षको लहरमा

नेपाल फ्ल्यास
फागुन २३, २०७७

ADVERTISEMENT

राजनीतिक रुपमा विभाजित नेकपाका सांसदहरू संसद् बैठकमा एकै लहरमा बस्ने भएका छन् । संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार सचिवालयमा दल विभाजनको औपचारिक पत्र प्राप्त नभएकाले दुबै पक्षका सांसदहरूलाई एकै लहरमा बस्ने व्यवस्था मिलाइएको हो । 

संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले भने, ‘तीनवटा सेट (सत्तापक्ष, प्रतिपक्षी र मन्त्री) छुट्याइएको हुन्छ । नेकपाका सबै सांसद सत्तापक्षको बेन्चमा बस्नुहुन्छ । दल विवादका कारण फरक–फरक ठाउँमा बस्ने भन्ने छैन । बस्ने ठाउँमा कुनै समस्या हुँदैन । राष्ट्रिय सभाको बैठकमा पनि हामीले एकै ठाउँमा बस्ने व्यवस्था गरेका थियौँ ।’ राष्ट्रिय सभाको बैठकमा पनि नेकपाका सबै सांसद‍्लाई सत्तापक्षकै लाइनमा राखिएको थियो ।

संसद विघटनपछि नेकपा दुई समूहमा विभाजन भएको छ तर कानूनी रुपमा विभाजनको मान्यता पाएको छैन् । बैठक आज अपराह्न ४ बजेका लागि बोलाइएको छ । 
 


कस्तो लाग्यो ?

यो पनि