बैशाख १७, २०८१, सोमबार
               

विप्लवका हतियार र सेनाको विषयमा योगेशको जिज्ञासा

नेपाल फ्ल्यास
फागुन २२, २०७७

ADVERTISEMENT

काठमाडौं। नेकपा दाहाल-नेपाल समूहका नेता योगेश भट्टराईले शान्ति प्रक्रियामा आएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको हतियार र सेनाको विषयमा जिज्ञासा गरेका छन् । 

शनिबार विराटनगर विमानस्थलमा नेता भट्टराईले सरकार र विप्लव समूहबीच भएको तीनबुँदे सहमतिमा हतियार र सेनाका विषयमा टुंगोबारे जिज्ञासा राखेका हुन् । 

भट्टराईले ०६२- ०६३ मा तत्कालीन माओवादी शान्ति पक्रियामा आउँदा हतियार, लडाकु के गर्ने भनेर टुङगिएपछि सबै शान्ति प्रक्रियामा आबद्ध भएको बताए । तर, यो सहमतिमा विप्लव समूहका हतियार के हुन्छन् ? विप्लव समूहले बनाएका सेना के हुन्छन् ? यो टुङगो लगाउन जरुरी रहेको उनको भनाइ छ।

भट्टराईले भने, ‘सशस्त्र विद्रोहमा उत्रेका कुनै पनि राजनीतिक शक्ति शान्तिपूर्ण राजनीति गरेर वैधानिक बाटोमा हिँडछु भन्ने कुरा स्वागत योग्य छ । तर, एउटा लोकत्रान्त्रिक राज्यव्यवस्थामा के हुन्छ भने यस्ता कामहरु पारदर्शी हुनुपर्छ र प्रजातान्त्रिक विधि प्रक्रियालाई अवलम्बन गर्नुपर्छ ।’


कस्तो लाग्यो ?

यो पनि