बैशाख २७, २०८१, बिहीबार
               

आफ्नो समूहमा बहुमत सांसद रहेको ओली समूहको दाबी

नेपाल फ्ल्यास
फागुन २२, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली समूहले आफ्नो समूहमा बहुमत सांसद रहेको दाबी गरेको छ । 

शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको संसदीय दलको बैठकपश्चात् राष्ट्रिय सभाका प्रमुख सचेतक सांसद् खिमलाल भट्टराईले सो बताएका हुन् ।

उनका अनुसार शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बसेको संसदीय दलको बैठकमा ११५ भन्दा बढी सांसद उपस्थित थिए । सो क्रममा उनले भोलि थप सांसद् पनि ओली पक्षमा उपस्थित हुने बताए ।

तर, उनले दाहाल-नेपाल समूहले कसरी ११५ सांसद पुगे भनी आश्चय प्रकट गर्दै केपी शर्मा ओली समूहमा बहुमत सांसद रहेको बताए । 


कस्तो लाग्यो ?

यो पनि