बैशाख २७, २०८१, बिहीबार
               

विप्लवलाई स्वागत गर्न प्रतिक्षारत छु : प्रचण्ड

नेपाल फ्ल्यास
फागुन २२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले नेत्रविक्रम चन्दलाई स्वागत गर्न प्रतिक्षारत रहेको बताएका छन् । 

शनिबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधनका क्रममा अध्यक्ष दाहालले विप्लव पनि आफ्नै बाटोमा आएकोमा आफू खुसी भएको बताउँदै विप्लवलाई स्वागत गर्न आफू प्रतिक्षारत रहेको बताएका हुन् । 

‘विप्लव जी पनि अन्तत्वगत्वा पार्टीकै बाटोमा, मैले कोरेकै गोरेटोमा आइपुग्नुभएको छ । यसअर्थमा म उहाँलाई पनि धन्यवाद भन्न चाहन्छु र छिटै यस्तै कार्यक्रममा उहाँलाई स्वागत गर्ने प्रतिक्षामा रहेको कुरा पनि घोषणा गर्न चाहन्छु,’ प्रचण्डले भने । 

नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले माओको भनाइ स्मरण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुँहिएको अण्डको संज्ञा दिँदै आफूहरु सग्गल अण्डा भएको बताए । 

उनले भने, ‘एकपटक माओसेतुङले बिग्रेका कम्युनिस्टका बारेमा भन्दा भन्नुभएको थियो । अण्डा स्वास्थ्यको लागि राम्रो कुरा हो । तर अण्डा कुहियो भने त्यो भन्दा गन्धा चिज अरु केही पनि हुदैन । कम्युनिस्टहरू राम्रा हुन्छन् तर गन्हाउन थाले बिग्रिन थाले  र कुहियो भने त्यो भन्दा नराम्रो कोहीपनि हुदैन । केपी ओली त्यही कुहिएको अण्डा हो । कुहिएको गन्हाएको अण्डालाई खादैन नि । त्यसलाई गाडिन्छ या जलाइन्छ । तपाईं हामी चाही स्वस्थ्यवर्द्धक जीवनशिल तत्व हौँ ।’


कस्तो लाग्यो ?

यो पनि