कात्तिक १६, २०८१, शुक्रबार
               

प्राथमिकताकाे आधारमा सबैलाई खाेप उपलब्ध गराउछाैँ : अर्थमन्त्री पौडेल

नेपाल फ्ल्यास
फागुन २२, २०७७

ADVERTISEMENT

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड १९ विरुद्धको खोप प्रदान गर्ने प्रक्रियालाई नरोक्ने बताएका छन् । शनिबार बैंक तथा वित्तीय संस्था परिसंघ, नेपालको प्रथम वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले सरकारले समृद्धिको अभियानका लागि बैंक तथा वित्तीय सस्थाहरू, उद्योगहरूको मनोबललाई उठाएर अगाडि बढाउन महत्वपूर्व काम गरेको जिकिर पनि गरे ।

‘हामी खाेप प्रदान गर्ने प्रक्रियालाई नरोकीकन अगाडि बढाउँछौ, सबै लक्षित समुदायमा खाेप पुर्‍याउछौँ', उहाँले भन्नुभयाे, 'सबैलाई हामी क्रमशः त्यसको प्राथमिकताकाे आधारमा खाेप उपलब्ध गराउछौँ ।' अर्थमन्त्री पौडेलले बैंक तथा वित्तीय संस्थाहरूको समस्या समाधानको निम्ति छलफल गर्न मन्त्रालय तयार रहेको बताए ।

सरकारले उत्पादनमूलक उद्योग र होटल पर्यटन क्षेत्रको लागि पनि विद्युतको डिमाण्ड शुल्क छुट दिने निर्णय गरेको पनि उनले जानकारी दिनुभयो । अर्थमन्त्री पौडेलले काेराेना विरुद्धको खोप प्रदान गर्ने प्रक्रियालाई नरोकी अगाडि बढाउने आज बताएका हुन् । 


कस्तो लाग्यो ?

यो पनि