जेठ ०९, २०८१, बुधबार
               

मलाई प्रधानमन्त्री बन्ने लोभ छैन : शेरबहादुर देउवा

नेपाल फ्ल्यास
फागुन २२, २०७७

ADVERTISEMENT

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएका छन् । शनिबार आफ्नै निवास बुढानीलकण्ठमा नेपाली कांग्रेसका युवा नेता तथा नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष नैनसिंह महरद्वारा लिखित पुस्तक ‘महाकाण्ड’को विमोचन कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभापति देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएका हुन् ।

‘प्रमुख प्रतिपक्षी दलको नेता भनेको 'प्राइममिनिष्टर इन वटिङ' हो, तर म त्यसमा पनि छैन हेर्नुस्’, उनले भने, ‘मलाई प्रधानमन्त्री बन्ने लोभ पनि छैन, लालच पनि छैन । यस्तामा लाग्नु पनि छैन।’

नेकपाको प्रचण्ड-नेपाल पक्षले दर्ता भइसकेको अविश्वास प्रस्ताव अगाडि नबढाई नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलगायत दलहरूसँग छलफल गरेर प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध अविश्वास प्रस्ताव लैजाने संकेत गरेको छ । यता नेपाली कांग्रेसले समेत् आफ्नै तवरबाट प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध आफ्नो दलले अविश्वासको प्रस्ताव ल्याउने संकेत भने गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि