बैशाख २७, २०८१, बिहीबार
               

आज ओली समूह नेकपाकाे संसदीय बैठक बस्दै

नेपाल फ्ल्यास
फागुन २२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रधानमन्त्री केपी शर्मा ओली समूह  संसदीय दलको बैठक आज बस्ने भएको छ । उक्त बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको स्रोतले जनाएको छ ।

बैठकमा आइतबार बस्ने प्रतिनिधिसभाको अधिवेशनलाई कसरी प्रभावकारी बनाउने, त्यहाँ आउनसक्ने सम्भावित एजेण्डाहरुमा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्ने ओली समूहका प्रमुख सचेतक विशाल भट्टराइले जानकारी दिए ।

बैठकमा नेकपाको दाहाल–नेपाल समूहका सबै सांसदलाई पनि निमन्त्रणा गरिएको उनको भनाइ छ । शुक्रबार मात्रै लामो समयदेखि प्रतिबन्ध लगाएर फुकुवा गरेपछि नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द ‘विप्लव’ सँग सरकारले तीनबुँदे सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि