बैशाख २८, २०८१, शुक्रबार
               

प्रधानमन्त्री ओली उपाध्यक्ष गौतम भेट्न पुगे भैंसेपाटी

नेपाल फ्ल्यास
फागुन २१, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेकपा उपाध्यक्ष वामदेव गौतमलाई भेट्न गौतम निवास पुगेका छन् । सर्वोच्चद्वारा संसद विघटनपश्चात् राजनीतिक घटनाक्रम फरक रुपले विकसित भइरहेको र संसद् बैठक दिन नदिकिँदै गइरहेका बेला शुक्रबार साझ प्रधानमन्त्री ओली भैंसेपाटीस्थित गौतमनिवास पुगेका हुन् ।

बामदेव गौतम पार्टी एकताका लागि प्रयासरत छन् । तर, प्रचण्ड–माधव पक्ष भने  नेकपा विभाजनको कानुनी मान्यताका लागि निर्वाचन आयोगलाई ताकेता गरिरहेका बेला छन् । 

पार्टी एकताको अभियान चलाइरहेका गौतमलाई भेट्न ओली भैंसेपाटी पुग्नुलाई राजनीतिक रुपमा अर्थ पूर्ण रुपले हेरिएको छ। जबजब केपी ओली अफ्ठेरोमा पर्छन् तबतब गौतमले साथ दिँदै आएका छन् ।  

गौतम घरभित्रै लडेर सामान्य चोपटक लागेको खबर पाएपछि प्रधानमन्त्री ओली स्वास्थ्यस्थिति बुझ्नका लागि भैंसेपाटी गएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि