जेठ ०५, २०८१, शनिबार
               

कांग्रेस प्रतिपक्षमा बस्नुपर्छ: केसी

नेपाल फ्ल्यास
फागुन २१, २०७७

ADVERTISEMENT

काठमाडौं  ।नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले जनताले कांग्रेसलाई प्रतिपक्षमा बस्न भनेकाले अहिले सरकारमा जान हतार गर्न नहुने बताएका छन् ।

नेपाल प्रेस युनियन, चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले कांग्रेस केसीले सो बताएका हुन् । 

उनले भने, ‘जनताले कांग्रेसलाई पाँच वर्षका लागि प्रतिपक्षमा देख्न चाहेका हुन् । त्यहीअनुसार प्रतिपक्षमै बस्नुपर्छ भन्ने मेरो धारणा हो ।’ कांग्रेसले अरुलाई सरकारमा सहयोग गरेर बाहिर बस्नुपर्ने उनको भनाइ थियो । उनले थपे ‘अरुलाई सहयोग गर्ने भन्दैमा देशलाई सङ्कटमा राख्नेसँग नभई अरूसँग सहकार्य गरेर अघि बढ्नुपर्छ ।’ 

प्रधानमन्त्रीले संसद् विघटन गराएकाले राजनैतिक नैतिकताको दृष्टिले पनि प्रधानमन्त्रीलाई साथ दिन नसकिने बताए । 

उनले भने, ‘कांग्रेस अब आउने दुई वर्षपछि नेपाली जनताको जनादेश बोकेर सरकारमा जान्छ ।’ कांग्रेसले प्रतिपक्षको भूमिकालाई प्रभावकारी बनाउनु आवश्यक रहेको उहाँको भनाइ छ ।  उनले नेपाल कम्युनिष्ट पार्टीसँग सरकारले गरेको सहमति स्वागतयोग्य भए पनि  हतियारका बारेमा सम्झौता नहुनलाई अर्थपूर्णरुपमा कांग्रेसले लिएको बताए ।

यो पनि