बैशाख २६, २०८१, बुधबार
               

हामीले कसैलाई पनि प्रधानमन्त्रीको प्रस्ताव गरेका छैनौँ: प्रधानमन्त्री

नेपाल फ्ल्यास
फागुन २१, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले कसैलाई पनि प्रधानमन्त्रीको पद प्रस्ताव नगरेको बताएका छन् ।

शुक्रबार नेकपा विप्लव समूहसँग भएको तीनबुँदे सहमतिमा हस्ताक्षर गर्न राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रमलाई संबोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले दाहाल-नेपाल समूहतर्फ इंगित गर्दै सो बताएका हुन् । 

पार्टीका केही नेताहरु आफ्नो पार्टीको सरकार ढालेर अरु कसैलाई प्रधानमन्त्री बनिदिनुस् न भनेर किस्तीमा राखेर हिँडेको उनको भनाइ छ ।

‘हामीले अनुचित ढंगले कसैलाई प्रधानमन्त्रीको प्रस्ताव राख्नेवाला छैनौँ । कसैलाई प्राधानमन्त्री पद प्रस्ताव राखेका पनि छैनौँ,’ राष्ट्रियसभा गृहमा आयोजित सभालाई संबोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले भने । 

पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै  नेकपाकै अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्वय नेपाल र खनाल प्रधानमन्त्री ओलीको सो कदमलाई असंवैधानिक भन्दै सडकमा उत्रिएका छन् । नेकपा कानुनी रुपमा विघटित नभए पनि सैद्धान्तिक रुपमा स्पष्ट दुई पार्टीको रुपमा देखा परेको छ । जसका कारण प्रधानमन्त्री ओली  समूह र अर्का अध्यक्ष दाहाल एकअर्कालाई कटाक्ष गर्दै हिँडिरहेका, र दाहाल-नेपाल समूहले जसपा वा कांग्रेसमध्ये जसलाई भए पनि आफूहरु प्रधानमन्त्रीको रुपमा स्वीकार गर्ने बताइरहेका बेला प्रधानमन्त्री ओलीले सो बताएका हुन् ।  


कस्तो लाग्यो ?

यो पनि