बैशाख २७, २०८१, बिहीबार
               

सांसद माया ज्ञवाली प्रचण्ड-माधव पक्षमा फर्किइन्

नेपाल फ्ल्यास
फागुन २१, २०७७

ADVERTISEMENT

प्रतिनिधिसभा सदस्य तथा नेकपा नेतृ माया ज्ञवाली प्रचण्ड माधव समूहमा फर्किएकी छन् । गत पुसमा प्रचण्ड–माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्दा हस्ताक्षर गरेकी उनी पछि ओली समूहमा सहभागी भएकी थिइन् ।

प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपातर्फ खुलेकी भनिएकी ज्ञवाली प्रचण्ड माधव पक्षको संसदीय दलको बैठकमा उपस्थित भएकी हुन् ।

संसदीय दलको बैठक सिंहदरबारमा बसिरहेको छ । सांसद ज्ञवाली नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीसँगै दासढुंगा दुर्घटनामा निधन भएका संगठन विभाग प्रमुख जीवराज आश्रितकी पत्नी हुन् ।


कस्तो लाग्यो ?

यो पनि