बैशाख २६, २०८१, बुधबार
               

आज प्रचण्ड–माधव समूहकाे संसदीय दलको बैठक बस्दै

नेपाल फ्ल्यास
फागुन २१, २०७७

ADVERTISEMENT

नेकपा प्रचण्ड–माधव समूहले संसदीय दलको बैठक बोलाएको छ । आजकाे बैठकमा प्रधानमन्त्री केपी ओलीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल हुने बताइएकाे छ । 

आज दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बोलाइएको हाे । प्रधानमन्त्री ओलीविरुद्ध प्रचण्ड–माधव समूहले यसअघि नै अविश्वासको प्रस्ताव दर्ता गराइसकेकाे छ । सो प्रस्ताव अघि बढाउने या फिर्ता लिएर अर्काे प्रकृयामा अघि बढ्ने भन्ने विषयमा आजको बैठकमा छलफल हुने बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि