बैशाख २७, २०८१, बिहीबार
               

दाहाल-नेपाल समूहले संसद् सचिवालयलाई गरायो प्रधानमन्त्रीलाई कारबाही गरेको जानकारी

नेपाल फ्ल्यास
फागुन २०, २०७७

ADVERTISEMENT

काठमाडौं । दाहाल-नेपाल नेकपा समूहले संघीय संसद् सचिवालयलाई प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङ, सचेतक शान्ता चौधरीलगायतलाई हटाएकोबारे जानकारी गराएको छ । 

दाहाल-नेपाल समूहका नेता तथा प्रमुख सचेतक देवप्रसाद गुरुङसहित नेताले संघीय संसद् सचिवालयलाई बिहीबार सो जानकारी दिएका हुन् । 

‘संसद्‍ पार्टीका संसदीय दलका निर्णयअनुसार चल्ने भएकाले हामीले पार्टीमा भएको परिमार्जनबारे संसद् सचिवालयलाई जानकारीगराएका छौँ । प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओली, उपनेता सुवासचन्द्र नेम्वाङलगायत व्यक्तिबारे पार्टीले गरेका निर्णय जानकारी गराएका हौँ,’ सचिवालयलाई जानकारी गराइएको पत्रमा उल्लेख छ । 

सो जानकारी गराउन संसदीय दलमा भएको परिमार्जनबारे जानकारी देव गुरुङ सुरेन्द्र पाण्डे, पम्फा भुसाल, दिनानाथ शर्मा र जीवनराम श्रेष्ठ  संसद् सचिवालय पुगेका थिए ।


कस्तो लाग्यो ?

यो पनि