जेठ ०८, २०८१, मंगलबार
               

सरकारमा जाँदा कांग्रेसलाई घाटा हुन्छ: रामचन्द्र पौडेल

नेपाल फ्ल्यास
फागुन २०, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अब सरकारमा जाँदा कांग्रेसलाई घाटा हुने बताएका छन् । 

सैद्धान्तिक रुपमा विभाजित नेकपाबाट प्रधानमन्त्रीका लागि कांग्रेसलाई प्रस्ताव आएसँगै सभापति देउवाले प्रधानमन्त्री  बन्ने मनसाय प्रकट गरिरहेका बेला वरिष्ठ नेता पौडेलले बिहीबार सो बताएका हुन् । 

‘जनादेश कांग्रेसलाई प्रतिपक्षमा रहने भन्ने नै छ । अहिले सत्तामा गएर रमाउँदा दीर्घकालीन रुपमा पार्टीलाई घाटा हुन्छ । अर्को निर्वाचनलाई ध्यान दिएर कांग्रेसले सोच्नुपर्छ ।’

सो क्रममा पौडेलले देउवालाई मिलिजुली सरकारमा गएर जनताको पक्षमा कति परिणाममुखी काम गर्न सकिन्छ भनेर सोच्ने कि भनी सुझाव पनि दिएका थिए । 

‘कांग्रेस सत्तामा नगएर अब बन्ने सरकारले जनताका पक्षमा यो यो काम गर भनेर कम्युनिस्टसँग सहमति गरेर उनीहरुलाई सरकार चलाउन दिँदा पार्टीलाई फाइदा हुन्छ,’ पौडेलले भने, ‘अहिलेको सरकारले सरकारी कर्मचारीतन्त्र तलदेखि माथिसम्म एकलौटी बनाएर बिगारेको छ, यस्तो बेलामा सरकारमा गएर जनताको पक्षमा परिणाम दिन सकिँदैन ।’

प्रतिनिधिसभा विघटनको विषयमा मौन रहेका सभापति देउवाले केपी ओलीलाई सहयोग गरेको आरोप कांग्रेसभित्रै बाट लागइँदै आइएको थियो ।तर, सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेको भोलिपल्टै पुष्पकमल दाहाल र माधव नेपाल बूढानीलकण्ठ पुगी देउवालाई प्रधानमन्त्रीको अफर गरेका थिए । 


कस्तो लाग्यो ?

यो पनि