बैशाख १७, २०८१, सोमबार
               

यही सरकार नै लोकतन्त्रको रक्षक हो : पौडेल

नेपाल फ्ल्यास
फागुन २०, २०७७

ADVERTISEMENT

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकतन्त्रको रक्षक यही सरकार भएको बताएका छन् । बिहीबार रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रशासनिक भवनको उद्घाटनका क्रममा अर्थमन्त्रीसमेत रहेका पौडेलले मध्यरातमा अँध्यारा कोठामा गरिएका तानाबानाले सरकार ढाल्ने बताउँदै सो बताएका हुन् । 

‘आफ्नै पार्टी फुटाएर, कहिले कांग्रेस त कहिले जनता समाजवादीका नेता भेट्ने र आफ्ना समर्थनमा सरकारमा बसिदिन आग्रह गर्नेहरु सफल हुँदैनन्,’  मन्त्री पौडेलले भने,  ‘जनताले साथ दिएको केपी शर्मा ओली नेतृत्वको सरकार नै हरेक तरिकाबाट लायक सरकार हो ।’

पौडेलले सरकारलाई अप्राकृतिक तरिकाबाट गिराउन खोज्नेहरुका कारण विकासका योजनामा असर पर्ने पनि सो क्रममा बताए । 

‘विकासका योजनामा धेरै काम गर्न बाँकी छन् । विकासमा अघि बढ्नका लागि विकासको सपना देख्नुपर्छ,’अर्थमन्त्री पौडेलले भने, ‘सपनलाई योजनामा ढालेर कार्यान्वयन गर्नका लागि सरकार हरदम प्रयासरत छ ।’

लोकतन्त्रको स्थापना भएपछि जनता नै सर्वव्यापी भएको सन्दर्भमा अहिलेको सरकार जनताको फैसलालाई सर्वस्व मानी आफू अघि बढेको उनको भनाइ छ । 

‘राजाको शासन फालेर जनतालाई नै शासनको जिम्मेवारी दिएका हौँ,’ उनले भने, ‘जनतालाई केन्द्र भागमा राखेर प्रधानमन्त्री नेतृत्वको पार्टीले काम गरिरहेको छ ।’

विकास, स्वास्थ्य, शिक्षा लगायत हरेक क्षेत्रमा वर्तमान सरकार अन्तर्राष्ट्रिय मुलुककै गतिमा अघि बढेको पनि पौडेलले सो क्रममा बताए ।


कस्तो लाग्यो ?

यो पनि