बैशाख २७, २०८१, बिहीबार
               

प्रधानमन्त्री केपी ओली र नेत्रविक्रम चन्द 'विप्लव' एउटै मञ्चमा देखिने

नेपाल फ्ल्यास
फागुन २०, २०७७

ADVERTISEMENT

सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' एकै मञ्चमा देखिने भएका छन् । 

भोलि शुक्रबार २ बजे विशेष कार्यक्रम आयोजना गरी प्रधानमन्त्री केपी शर्मा ओली र विप्लव समूहका महासचिव विप्लवले सहमतिको विस्तृत विवरणसहित सम्बोधन गर्ने कार्यक्रम रहेको वार्तापछिकाे संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ । 

सहमतिअनुसार विप्लव समूहका नेता-कार्यकर्ताहरू माथि लगाएका मुद्दा फिर्ता गर्ने भएको छ भने विप्लव समूहले आफ्नै सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा गर्न सहमति भएको छ । 

आज सहमति भएकाे उल्लेख भए पनि विस्तृत विवरण भोलि प्रधानमन्त्री र महासचिव विप्लवले सम्बाेधन गर्ने कार्यक्रममा मात्र सार्वजनिक गरिने बताइएकाे छ । सरकारले २८ फागुन २०७५ मा विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाएपछि उनी र सबै कार्यकर्ता भूमिगत रहँदै आएका छन् ।  


कस्तो लाग्यो ?

यो पनि