बैशाख २७, २०८१, बिहीबार
               

ओली समूहलाई समर्थन नगरेको भन्दै तीन कर्मचारी बर्खास्त

नेपाल फ्ल्यास
फागुन २०, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको समूहलाई समर्थन नगरेको भन्दै तीन जना नगरपालिकाका कर्मचारीलाई बर्खास्त गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री ओली समूहलाई समर्थन नगरेको भन्दै जाजरकोटको भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले  तीन कर्मचारीलाई बर्खास्त गरेका हुन्‌ । 

ओली समूहका केन्द्रीय सदस्य रहेको मेयर घर्तीले नगरपालिकामा कार्यरत एमआइएस अपरेटर पवन शर्मा, सरोज वली र सहायक चौथो पदमा कार्यरत भरतकुमार शर्मालाई मंगलबार बर्खास्त गरेका हुन् ।

कर्मचारी हटाउन प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बुढाले उठाएको टिप्पणी मेयर घर्तीले सदर गरेका छन् । कर्मचारी बर्खास्त अधिकृतले नै गर्नुपर्ने भएपनि मेयर आफैँले सदर गरेका छन् । ‘तपाईंहरू प्रचण्ड र माधव समूहको प्रेस संगठन कर्णाली प्रदेश सदस्य रहेको कारण किन बर्खास्त नगर्ने ?’, तीन जना कर्मचारीलाई सोधिएको उक्त पत्रमा लेखिएको छ

सोधिए बमोजिम स्पष्टीकरण दिएका तीनै जनाले आफूहरू कुनै पक्षमा नलागेको, तर विगतदेखि नै प्रेस संगठनमा रहेको जानकारी गराएका थिए । उनीहरूले प्रेस संगठनमा रहेपनि काममा बाधा कुनै पनि नपारेको पत्रमा लेखेका छन् ।

पवन शर्मालाई केपी ओली गुटको जाजरकोटको संयोजक बनाएर बधाई दिएका मेयरले त्यसको एक हप्तापछि प्रचण्ड र माधव गुट निकट पत्रकारको कर्णाली प्रदेश सदस्यमा तीनै जना कर्मचारीको नाम देखेपछि बर्खास्त गरेका हुन् । 

निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले विज्ञप्ति जारी गरी आस्थाकै आधारमा कर्मचारी बर्खास्त गर्नु राम्रो काम नभएको बताउँदै तुरुन्तै यो कारबाही फिर्ता गर्न आग्रह गरेको छ । कर्मचारी हटाएपछि जिल्ला प्रशासन कार्यालयमा पनि उजुरी दर्ता गरिएको छ । 


 


कस्तो लाग्यो ?

यो पनि