जेठ ०२, २०८१, बुधबार
               

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

नेपाल फ्ल्यास
फागुन १९, २०७७

ADVERTISEMENT

काठमाडौं । सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ । 

सातौँ अधिवेशनअन्तर्गत बुधबारका लागि आह्वान गरिएको सो बैठक प्रदेशसभामा सूचना टाँस गरी स्थगित भएको जानकारी गराइएको हो । प्रदेशसभाको अर्को बैठक बिहीबार दिउँसो १ बजेका लागि आह्वान गरिएको छ । बैठक किन स्थगित भयो भनी कारण भने खुलाइएको छैन । 

सातौँ अधिवेशनको पाँचौ बैठकसम्म आइपुग्दा प्रदेशसभाबाट एक अध्यादेश र एक ऐन पारित भइसकेको छ भने बिजनेस नहुँदा दुईपटक बैठक स्थगित गरिएको छ । अहिले प्रदेशसभाको विषयगत समितिमा चारवटा विधेयक दफाबार छलफल जारी छ । 


कस्तो लाग्यो ?

यो पनि