जेठ ०३, २०८१, बिहीबार
               

कांग्रेस प्रतिपक्षको भूमिकाबाट डगमगाउनु हुँदैन:पौडेल

नेपाल फ्ल्यास
फागुन १९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेस प्रतिपक्षी दलको भूमिकाबाट डगमगाउन नहुने बताएका छन् ।

सभापति देउवाबाट प्रधानमन्त्रीको पद आएक पछि नहट्ने र महामन्त्री शशांक कोइरालाले कांग्रेस दाहाल-नेपाल समूहसँग मिलेर जानुपर्ने अभिव्यक्ति दिएकै दिन पौडेलले चितवनमा बुधबार आयोजित कार्यक्रममा सो बताएका हुन् ।

कांग्रेसबाट यतिखेर देश र नेपाली जनताले धेरै आशा गरेकाले प्रतिपक्षी भूमिकाबाट दाँयाबाँया गर्न नहुने उनको भनाइ छ । 

‘कांग्रेसले हैसियतअनुसारको भूमिका निर्वाह गर्नुपर्छ, यतिबेला विपक्षी दलको सही भूमिका निर्वाह गर्नुपर्छ । यद्यपि हामी सनो संख्यामा छौं, तैपनि हाम्रो भूमिका ठूलो छ, हाम्रो जिम्मेवारी ठूलो छ’ उनले भने, ‘सजग भएर, इमान्दार भएर विपक्षी दलको सही भूमिका निर्वाह गर्न सक्यौँ भने अर्को चोटि लोकतन्त्रको रक्षा गर्न सहयोग गर्न सक्छौँ ।’

बुधबार कांग्रेस सभापति शेरबहादुर देउवा,वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री कोइराला चितवनमा एउटै कार्यक्रममा सहभागी भएका थिए ।


कस्तो लाग्यो ?

यो पनि