जेठ ०२, २०८१, बुधबार
               

सांसदलाई काठमाडौं नछाड्न कांग्रेसको निर्देश

नेपाल फ्ल्यास
फागुन १९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई काठमाडौं नछाड्न निर्देश दिएको छ । 

पुस ५ मा प्रतिनिधिसभा विघटनपश्चात् नेकपा दुई धारमा विभाजित भई एकअर्कालाई आरोपप्रत्यारोपमा उत्रिएका बेला २३ गते बस्ने संसद बैठकमा संसदको भूमिका आवश्यक हुने कुरालाई आँकलन गरी कांग्रेसले आफ्ना सांसदहरुलाई सो निर्देशन दिएको हो । 

संसदमा पार्टीले निर्वाह गर्ने भूमिकाबारे छलफल गर्न शुक्रबार कांग्रेस संसदीय दलको बैठक बोलाइएको छ। 

कांग्रेस संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाँडले अनौपचारिक रुपमै काठमाडौंबाहिर नजान र नगइ हुने अवस्था भए परामर्श गर्न सांसदहरुलाई खबर गरेका छन्।


कस्तो लाग्यो ?

यो पनि