बैशाख २७, २०८१, बिहीबार
               

ओली समूहले बोलायो संसदीय दलको बैठक

नेपाल फ्ल्यास
फागुन १९, २०७७

ADVERTISEMENT

काठमाडौं । केपी ओली समूह (नेकपा)को संसदीय दलको बैठक फागुन २२ मा  बस्ने भएको छ ।नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीका अनुसार फागुन २३ गतेमा हुने प्रतिनिधिसभा अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा रणनीति बनाउन लागि सो बैठक बोलाइएको हो । 

प्रतिनिधिसभा विघटन बदरपश्चात् दाहाल-नेपाल समूहले प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताउँदै आइरहेका,तर प्रधान ओलीले प्रधानमन्त्रीले राजीनामा नगर्ने बरु संसद् फेस गर्ने बताउँदै आएका छन् । यदि प्रधानमन्त्रीले पदबाट २३ गतेसम्म राजीनामा नगरे प्रधानमन्त्रीलाई पदबाट हटाउने चेतावनी दाहाल-नेपाल समूहले दिँदै आएको छ । 

फागुन ११ मा सर्वोच्चले प्रतनिधिसभा विघटन बदर गरी १३ दिनभित्र संसद बैठक बोलाउन दिएको आदेशको पालना गर्दै  मन्त्रिपरिषद् बैठकले फागुन २३ मा प्रतिनिधिसभा बैठक बोलाएको छ ।

यो पनि