जेठ ०३, २०८१, बिहीबार
               

प्रधानमन्त्री पद आए पछि नहट्ने देउवाको स्पष्टोक्ति

नेपाल फ्ल्यास
फागुन १९, २०७७

ADVERTISEMENT

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको जिम्मेवारी आए पछि नहट्ने बताएका छन् ।

आन्तरिक द्वन्द्वका कारण नेकपाकै दुवै धारले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीको रुपमा प्रस्ताव गर्ने आशय व्यक्त गरिरहेका बेला देउवाले बुधबार चितवनमा आयोजित कार्यक्रमलाई संबोधन गर्ने क्रममा सो बताएका हुन् । 

सभापति देउवाले भने,‘कांग्रेसलाई पदको लोभ छैन, तर काँधमा जिम्मेवारी आए पूरा गरेरै छाडिन्छ ।’

पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनपश्चात् नेपाली राजनीतिमा कांग्रेस प्रमुख भूमिकामा देखिने सम्भावना बढेको छ । तर, कांग्रेसले नेपाली राजनीतिमा मुख्य भूमिका निर्वाहका लागि नेकपा विभाजन हुनुपर्छ । सैद्धान्तिक रुपमा नेकपा विभाजित भए पनि कानुनी रुपले नेकपा एकै छ ।


कस्तो लाग्यो ?

यो पनि