बैशाख २७, २०८१, बिहीबार
               

सर्‍यो प्रदेश-१ प्रदेशसभा बैठक

नेपाल फ्ल्यास
फागुन १९, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रदेश १ प्रदेशसभा बैठक सरेको छ । बुधबार दिउँसो प्रदेशसभा सचिवालयले सूचना प्रकाशन गर्दै बैठकको मिति सारेको जानकारी दिएको हो । 

बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक चैत २ गते दिउँसो १२:३० बजेका लागि बोलाइएको प्रकासित सूचनामा उल्लेख छ । 

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले फागुन २०का लागि डाकिएको प्रदेशसभा चैत २ का लागि सारिएको जानकारी दिए । विशेष कारणवस बैठक सार्नुपरेको प्रकासित सूचनामा उल्लेख छ । यद्यपि बैठक सार्नुको कारण भने उल्लेख गरिएको छैैन । 

नेकपाकै प्रचण्ड–नेपाल समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभामा दर्ता  गरिएको अविश्वासको प्रस्ताव यस अघिको बैठकमा टेबल भइसकेको छ। प्रस्ताव सदनमा प्रस्तुत गर्ने समयमा नेकपाको ओली समूह र प्रदेश सरकारले सो बैठक बहिस्कार गरेको थियो।


कस्तो लाग्यो ?

यो पनि