बैशाख २७, २०८१, बिहीबार
               

स्थायी समितिबाट नेम्वाङलाई निलम्बन

नेपाल फ्ल्यास
फागुन १९, २०७७

ADVERTISEMENT

नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–नेपाल पक्षले पार्टीको स्थायी समिति सुवास नेम्वाङलाई सो पदबाट निलम्बन गरेको छ ।

आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको सो समूहको स्थायी समिति बठकले नेम्वाङलाई स्थायी समिति सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको हाे । पछिल्लो समय नेकपा विवादले गर्दा एक समूहले अर्काे समूहकालाई कारवाही गर्ने हाेडबाजी चलिरहँदा नेम्वाङलाई निलम्बन प्रचण्ड नेपाल समूहले गरेकाे हाे ।

बैठकले नेम्वाङसँगै शान्ता चौधरी, विशाल भट्टराई, महेश बस्नेत, सूर्य थापा, प्रभु साह र कर्ण थापालाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको पेरिस डाँडामा बुधबार बसेको स्थायी कमिटी बैठकले पार्टी आचरणविपरित काम गरेको भन्दै उनीहरूलाई कारबाही गरेको बताइएकाे छ । 

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड-नेपाल समूहले संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चयन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई आजकाे केन्द्रीय कमिटीको बैठकले अनुमोदन गर्ने बताइएकाे छ । 

यसअघि नेपाल कम्युनिस्ट पार्टी ओली समूहले प्रमुख सचेतक देवप्रसाद गुरुङलाई कारबाही गरेकाे थियो ।  


कस्तो लाग्यो ?

यो पनि