बैशाख २७, २०८१, बिहीबार
               

विप्लव र सरकारबीच वार्ता सुरु

नेपाल फ्ल्यास
फागुन १९, २०७७

ADVERTISEMENT

काठमाडौं । अहिले बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सरकार र नेत्र बिक्रम चन्द (विप्लव) समूहबीच वार्ता सुरु भएको छ । सरकारले प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीसँगको वार्ता सुरु गरेको स्रोतले जनाएको छ ।  

सरकारको तर्फबाट वार्ताका लागि हिजो गृहमन्त्री राम बहादुर थापा बादल र प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई रहेको वार्ता टोली गठन गरेको थियो । 

त्यसलगत्तै विप्लव समूहले प्रवक्ता प्रकाण्ड र दीपक सदस्य रहेको वार्ता समिति बनाएको थियो । समूहका संयोजकसहित चारैजना सदस्यहरु वार्तामा रहेका छन् । 
 


कस्तो लाग्यो ?

यो पनि