बैशाख २४, २०८१, सोमबार
               

गोकुल बास्कोटालाई पितृशोक

नेपाल फ्ल्यास
फागुन १९, २०७७

ADVERTISEMENT

काभ्रेपलाञ्चोक । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य गोकुलप्रसाद बास्कोटालाई पितृशोक परेको छ । 

बास्कोटाको पिता ९४ वर्षीय हरिप्रसाद बास्कोटाको मंगलबार अपराह्न काभ्रेपलाञ्चोकको मन्डनदेउपुर नगरपालिका–४ चैनपुरस्थित निवासमा निधन भएको हो ।

मृतकको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलि दिन नेकपाका केन्द्रीय सदस्यलगायत जिल्लाका नेता कार्यकर्ता निवासस्थान पुगेका छन् । पूर्वमन्त्री बास्कोटा चार दाजुभाइमध्ये कान्छो हुन् । 


कस्तो लाग्यो ?

यो पनि