बैशाख २७, २०८१, बिहीबार
               

आज दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै

नेपाल फ्ल्यास
फागुन १९, २०७७

ADVERTISEMENT

काठमाडौं । आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । गत पुस पाँच गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् घिटन गरेका थिए ।

तर, सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेपछि विकसित राजनीतिक घटनाक्रम र आगामी रणनीति तय गर्नको लागि आज दाहाल–नेपाल समूहले उक्त बैठक बोलाएको हो । बैठकमा नागरिकता र परिचयपत्रसहित सहभागी हुन सदस्यहरुलाई निर्देशन दिइएको छ  । 

आफ्नो आधिकारिकतासम्बन्धी विवादमा निर्वाचन आयोगलाई  छिटो निर्णय लिन ध्यानाकर्षण गराउँदै आएको दाहाल–नेपाल समूहले आवश्यकता परे थप सक्कल कागजात आयोगमा बुझाउने तयारीका लागि आफ्ना केन्द्रीय सदस्यलाई नागरिकतासहित बैठकमा उपस्थित निर्देशन दिएको हो । 


कस्तो लाग्यो ?

यो पनि