बैशाख १३, २०८१, बिहीबार
               

राप्रपा केन्द्रीय महाधिवेशन निर्वाचनका लागि निर्वाचन समिति गठन

नेपाल फ्ल्यास
फागुन १८, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशन निर्वाचनका लागि  हरिबहादुर बस्नेतको अध्यक्षतामा केन्द्रीय निर्वाचन समिति गठन गरेको छ । 

आगामी वैशाख २५ देखि २८ गतेसम्म काठमाडौंमा हुने केन्द्रीय महाधिवेशनका लागि सो केन्द्रीय निर्वाचन समिति गठन गरेको हो । 

पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा सोमबार केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले महाधिवेशन प्रतिनिधिहरुको निर्वाचनको मितिसमेत तोकिसकेको छ । प्रतिनिधिको निर्वाचन आगामी वैशाख १० गते गर्ने निर्णय बैठकले गरेको हो ।

समितिको सहअध्यक्षमा तोरणबहादुर गुरुङ, सचिवमा गीताभक्त जोशी तथा सहसचिवमा झनक प्याकुरेल रहेका छन् । रोशन कार्की, कैंया चौधरी, श्यामबहादुर शाही, पुष्कर अधिकारी र रामेश्वर श्रेष्ठ निर्वाचन समितिको सदस्य छन् । 


कस्तो लाग्यो ?

यो पनि