बैशाख २२, २०८१, शनिबार
               

ओ‌लीले पार्टी एकताका काम गर्नै चाहेनन्

नेपाल फ्ल्यास
फागुन १७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपाको दाहाल-नेपाल समूहका अध्यक्ष माधव नेपालले केपी शर्मा ओलीले पार्टी एकीरणको काम गर्न नचाहेको बताएका छन्।

तीन वर्षअघि चुनावी गठबन्धन र त्यसपछि भएको पार्टी एकतापछि एकीकरणका काम सम्पन्न गर्न ओलीले नचाहेको पनि अध्यक्ष नेपालले आरोप लगाए।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई संबोधनका क्रममा अध्यक्ष नेपालले सो बताएका हुन् ।

‘विडम्बना करिब तीन वर्षसम्म एकीकरणको कुनै काम गर्न सकिएन,’ अध्यक्ष नेपालले भने, ‘उहाँले कहिले हतारो गर्नु भएन। पार्टी र जनवर्गीय संगठनलाई एकता गर्न कहिले उहाँले चाहना नै राख्नुभएन।’

सो क्रममा उनले ओलीको गलत प्रवृत्तिका कारण अहिले यो अवस्था सिर्जना भएको बताए । संबोधनका क्रममा उनले ओली मात्रै नभएर आफूहरुको पनि दोष रहेको बताएका छन् । 

उनले भने, ‘केपी ओलीलाई कतिले सच्याउन खोजेका रहेका छन् तर उहाँ सच्चिने मानिस होइन। बालुवा पेलेर कुनै पनि हालतमा तेल निस्किन्न।’


कस्तो लाग्यो ?

यो पनि