बैशाख २७, २०८१, बिहीबार
               

अविश्वास प्रस्ताव फिर्ता लिएर पार्टी एकतामा जोगाउन मन्त्री थापाको आग्रह

नेपाल फ्ल्यास
फागुन १७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा ओली समूहका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा (बादल)ले दाहल-नेपाल समूहलाई प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिएर पार्टी एकतामा योगदान पुर्‍याउन  आग्रह गरेका छन् । 

सोमबार पोखरामा आयोजित कार्यक्रमलाई संबोधनका क्रममा गृहमन्त्रीसमेत रहेका बाललले दाहाल-नेपाल समूहका लागि यो सच्चिने मौका भएको बताउँदै सो बताएका हुन् । 

‘अविश्वासको प्रस्तावलाई अगाडि बढाएर उहाँहरुले सरकारलाई अपदस्थ गर्न खोज्नु भएको छ । त्यसलाई गल्ती ठानेर, अविश्वासको प्रस्तावलाई विथड्रल गरेर पार्टीलाई फेरि एकताबद्ध गर्ने अवसर उहाँहरुलाई छ ।’ सो क्रममा थापाले दाहाल-नेपाल गलत बाटो हिँडेको बताउँदै यो सच्चिने अवसर भएको बताए । 

‘पार्टी एकताको निम्ति भाद्र २६ गतेको स्थायी कमिटीको बैठकले जुन निर्णय गरेको छ, एकताको पक्षमा, रुपान्तरणको पक्षमा, समृद्धिको पक्षमा आत्मआलोचनासहित भाद्र २६ गतेको त्यो निर्णयलाई तपाईंहरुले कार्यान्वयन गर्नुस् र पार्टीलाई फेरि एकताबद्ध गराउन योगदान गर्नुस्,’ सो क्रममा मन्त्री थापाले भने ।

यो पनि