बैशाख २७, २०८१, बिहीबार
               

स्थायी कमिटी र केन्द्रीय समिति बैठक बोलाउने प्रचण्ड–माधव समूहको निर्णय

नेपाल फ्ल्यास
फागुन १७, २०७७

ADVERTISEMENT

नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहले प्रतिनिधि सभा पुनर्स्थापना भएपछिको अवस्थाबारे छलफल र निर्णय गर्न पार्टी स्थायी कमिटी र केन्द्रीय समितिको बैठक बोलाउने भएको छ ।

सोमबार बिहान सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा बसेको बैठकले दुबै बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । प्रतिनिधि सभा पुनर्स्थापना भएपछिको अवस्थाबारे छलफल र निर्णय गर्न दुबै बैठक बोलाउने निर्णय गरेको तर, दुवै बैठकको मिति भने तोकिएको छैन ।

सोही बैठकले नेकपाको आधिकारिकताबारे छिटो निर्णय गर्न निर्वाचन आयोगलाई आग्रह गर्ने  निर्णय पनि गरेको प्रवक्ता श्रेष्ठले बताए,-‘निर्वाचन आयोगलाई पार्टीको आधिकारिकतासम्बन्धी जो हाम्रो दाबी छ त्यसका बारेमा छिटोभन्दा छिटो निर्णय गर्न अनुरोध गरेका छौं ।’ 

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको प्रमुख सचेतकबाट देवप्रसाद गुरुङलाई हटाएको विषयमा समेत छलफल भएको र त्यसको कुनै अर्थ र ‍औचित्य नरहेको निष्कर्ष निकालिएको प्रवक्ता श्रेष्ठले बताए


कस्तो लाग्यो ?

यो पनि