बैशाख २८, २०८१, शुक्रबार
               

नेकपा संसदीय दलको बैठक सिंहदरबारमा जारी

नेपाल फ्ल्यास
फागुन १७, २०७७

ADVERTISEMENT

प्रचण्ड-माधव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दल बैठक अहिले सिंहदरबारमा जारी छ । दलको कार्यालयमा बिहानैदेखि बैठक बसेको हो ।

बैठकमा २३ गतेको संसद बैठक, प्रधानमन्त्री ओली पक्षको रणनीति, निर्वाचन आयोगमा अड्किएको पार्टीको आधिकारिकता विवादलगायतका विषयमा छलफल भइरहेको बताइएको छ । पार्टीको आधिकारिकता विवादमा निर्वाचन आयोगले गरेको आलटाल र त्यसले संसद् बैठकमा पार्नसक्ने प्रभावका विषयमा सांसदहरुलाई प्रष्ट बनाउनका लागि बैठक बाेलाइएकाे स्राेतले जनाएकाे छ । 

निर्वाचन आयोगले नेकपाको आधिकारिकतासम्बन्धी विवादको टुंगो नलगाउँदा संवैधानिक जटिलता आउने भन्दै राजनीतिक विश्लेषकहरूले चिन्ता व्यक्त गरेका छन् । 

यता, निर्वाचन आयोग स्रोतले भने २३ गते अगाडि नै विवाद टुंगो नलाग्ने बताइसकेकाे छ । ओली पक्षलाई १५ दिनको म्याद दिनपर्ने र उसले १० दिन थप्न पाउने हिसाबले २५ दिन त यसै गयो । जुन प्रक्रिया समेत आयोगले सुरु गरकाे छैन । 


कस्तो लाग्यो ?

यो पनि