बैशाख २७, २०८१, बिहीबार
               

ह्विप नमान्ने सांसदलाई प्रधानमन्त्रीले हटाउन सक्दैनन् : रावल

नेपाल फ्ल्यास
फागुन १६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको ह्विप नमान्ने कुनै पनि सांसदलाई प्रधानमन्त्री ओलीले हटाउन नसक्ने बताएका छन् ।

नेकपा ओली समूहका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईबाट पार्टीको ह्विप नमान्नलेलाई पार्टीले कारबाही गर्ने अभिव्यक्ति आइरहेका बेला नेता रावलले सो बताएका हुन् । 

आइतबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्ने क्रममा नेता भीम रावलले भने,  ‘समानुपातिक सांसदलाई प्रधानमन्त्री ओलीले हटाउने कुरा झूट र भ्रमपूर्ण छ।’ सो क्रममा उनले संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्री ओलीले लगाएको ह्विप नमान्दा पनि हुने बताए । 

त्यसरी निकाल्न केन्द्रीय कमिटीले अनुमोदन गर्नुपर्ने बताउँदै उनले केन्द्रीय कमिटी सदस्य संख्या आफूसँग बढी भएको बताए । 

पुस ५ मा संसद् विघटनसँगै नेकपा विभाजित छ । यद्यपि पार्टी भने एउटै छ । एक पक्षले अर्को पक्षलाई निषेध गरेर अघि बढ्ने परिस्थिति उनीहरु आफैँ बनाइरहेका छन् । जसको परिणामस्वरुप दुवै पक्ष आरोपप्रत्यारोपमा तल्लीन छन् । यसका अलावा दुवै पक्षले भ्याएसम्म आफू निकटलाई पार्टी र शक्तिमा तान्ने क्रम जारी छ ।


कस्तो लाग्यो ?

यो पनि