बैशाख १४, २०८१, शुक्रबार
               

पदबाट हटाएर देखाउन दाहाल-नेपाललाई ओलीको चेतावनी

नेपाल फ्ल्यास
फागुन १६, २०७७

ADVERTISEMENT

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वासको प्रस्तावबाट आफूलाई हटाएर देखाउन प्रचण्ड–माधव समूहलाई चुनौती दिएका छन् ।

दाहाल-नेपाल समूहले प्रधानमन्त्रीले नैतिकताका आधारमा पदबाट राजीनामा दिन दबाब दिइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पहिले पनि अविश्वासको प्रस्ताव राखेर हटाएको, जनताबाट फर्किएर आएको मान्छे भएको बताउँदै सो चेतावनी दिएका हुन् । 

‘पहिले पनि अविश्वासको प्रस्ताव राखेर हटाएको हो, म जनताबाट फर्किएर आएको हुँ । फेरि हटाउन सक्नुभएछ भने जनताबाट दुई तिहाई लिएर आइदिन्छु,’उनले भने । 

अहिले राजीनामा गरिदिनुस् न भनेर आफूसामू हात थाप्न थालेको बताउँदै प्रधानमन्त्री ओलीले अविश्वासको प्रस्ताव पास गरेर देखाउन चेतावनी दिए । 

उनले भने, ‘तपाईंहरुले मुद्दा लडेर (संसद) ल्याउनुभएको छ, केपी ओलीलाई हटाएर देखाउनुस् । अविश्वासको प्रस्ताव राख्नुस्, पास गर्नुस् ।’

सो क्रममा उनले संसद् पुनर्स्थापनापश्चात् दाहाल-नेपाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठ पुगेको चर्चा गर्दै ‘प्रभु ! संसद पुनर्स्थापना भइसक्यो, यो केपी ओलीलाई हटाउन सकिँदैन । प्रभुले प्रधानमन्त्री स्वीकार गरिदिनुपर्‍यो । विभिन्न थरी नन्दी भृङ्गी मिलेर सरकार बनाऊँ’ भनी अनुनय विनय गरेको बताए ।

दाहाल-नेपाल समूहले तपाईहरुको पार्टी चाहिँ कुन भनी प्रश्न गरेपछि उनीहरु थरंग भएको सो क्रममा उनले टिप्पणी गरे ।

यो पनि