बैशाख २४, २०८१, सोमबार
               

विप्लव समूहसँग छिट्टै सहमति हुन्छ: प्रधानमन्त्री

नेपाल फ्ल्यास
फागुन १६, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहसँग छिट्टै सहमति हुने बताएका छन् । आइतबार झापामा चाइना नेपाल फ्रेण्डसिप इन्डस्ट्रियल पार्कको शिलान्यास गर्ने क्रममा प्रधानमन्त्री ओलीले सो बताएका हुन् । 

‘शान्तिको सम्बन्धमा अलिअलि समस्या ठानिएको विप्लव समूहको समस्याको छिट्टै वार्ताद्वारा समधान गर्नेछौँ,’प्रधान्त्री ओलीले भने । 

सरकारले वार्ताका लागि प्रयास जारी राखिरहेका बेला विप्लवले पनि आफू वार्ताका लागि तयार रहेको भनी विज्ञप्ति जारी गरेको थियो । तर, सर्वोच्चले प्रतिनिधिसभा विघटन बदरको फैसला भएसँगै विप्लव सरकारबीच हुने भनिएको वार्ता प्रभावित बनेको छ । 

सरकारले विप्लव समूहलाई विध्वंसात्मक गतिविधिमा संलग्न भएको प्रतिबन्द लागएको यही फागुन २८मा दुई वर्ष पुग्दैछ । सरकारले विप्लवलाई २०७५ फागुन प्रतिबन्ध लगाएको थियो ।

उनले भने, ‘तपाईंहरुले घर बसिबसी समस्या समाधानको भव्य कार्यक्रम टेलिभिजनबाट देख्नुहुनेछ ।’  सो क्रममा प्रधानमन्त्री ओलीले ५ वर्षभित्र नेपाल विकासशील राष्ट्रको सूचीमा पर्ने पनि बताए ।

यो पनि

 

यो पनि