बैशाख २७, २०८१, बिहीबार
               

गृहमन्त्रीले गरे आफ्नो स्वकीय अधिकृतलाई बर्खास्त

नेपाल फ्ल्यास
फागुन १६, २०७७

ADVERTISEMENT

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफ्ना स्वकीय अधिकृत वीरु तामाङलाई बर्खास्त गरेका छन् ।

तामाङलाई हटाउनुको कारण स्पष्ट नखुलाइए पनि आफ्नो सचिवालयमा बसेर पुष्पकमल दाहाल प्रचण्डसँग सूचना चुहाएको आरोप तामाङमाथि लगाइएको छ ।

तामाङलाई  दिइएकाे पत्रमा भनिएको छ, ‘तपाईं मेरो स्वकीय सचिवालय अन्तर्गत स्वकीय अधिकृत पदमा कार्यरत रहिरहनुभएकोमा मिति २०७७/१०/३० गतेदेखि लागू हुने गरी उक्त जिम्मेवारीबाट मुक्त गरिएको व्यहोरा जानकारी तपाईंलाई गराइन्छ । साथै तपाईंले काम र कर्तव्य सम्पादन गर्नुभएकोमा धन्यवाद छ ।’


कस्तो लाग्यो ?

यो पनि