जेठ ०४, २०८१, शुक्रबार
               

प्रचण्ड पुगे सर्वोच्च अदालत

नेपाल फ्ल्यास
फागुन १६, २०७७

ADVERTISEMENT

काठमाडौं । अदालतको अवहेलना मुद्दामा ‘आफैँ उपस्थित भएर जवाफ दिनू’ भन्ने आदेशपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वोच्च अदालत पुगेका छन् । उनले लिखित जवाफ बुझाएर फर्कने बताइएको छ ।

अदालतमा विचाराधीन मुद्दाका विषयमा गरेका राजनीतिक टिप्पणीहरुलाई लिएर अधिवक्ता समिर हायुले दायर अवहेलनाको निवेदन दायर गरेका थिए । उक्त मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आफैँ लिखित जवाफ पेस गर्न आदेश दिएको थियो । 

'हामीले धैर्यतापूर्वक सर्वोच्चले संविधानको मर्म र भावना अनुसार लोकतन्त्रको मर्म र भावना अनुसार, यो देशको जनताको भावना र आवश्यकता अनुसार गर्छ भनेर भरोसा गरेर बसेका छौं', प्रचण्डले विराटनगरकाे कार्यक्रममा भनेका थिए, 'जरूरी पर्‍यो भने म आज विराटनगरबाट भन्दैछु । देशैले सुने हुन्छ, जरूरी पर्‍यो भने हामी संसदको बैठक बस्छौं र यस्ता अपराधीहरूलाई कारबाही गर्छौं । संविधानले हामीलाई संसदको बैठक बस्ने अधिकार दिएको छ। केपी ओलीलाई विघटनको अधिकार दिएको छैन ।’

यस्तै प्रकृतिको मुद्दामा यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतमा उपस्थित रहेर जवाफ दिइसकेका छन् । त्यस्तै चार पूर्वप्रधानन्यायाधीश- मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की र पूर्वसभामुख दमननाथ ढुंगानाले सर्वाेच्च अदालत पुगेर लिखित जवाफ पेस गरिसकेका छन् ।


कस्तो लाग्यो ?

यो पनि