बैशाख २७, २०८१, बिहीबार
               

ओली समूहमा १०० भन्दा बढी सांसद रहेको सचेतक भट्टराईको दाबी

नेपाल फ्ल्यास
फागुन १५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा ओली समूहका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आफूहरुसँग सयभन्दा बढी सांसद रहेको बताएका छन् । 

सर्वोच्च अदालतको प्रतिनिधसभा विघटन बदर फैसलापश्चात् नेकपा एक नहुने अवस्थामा सरकार गठनका लागि सांसदको हरहिसाब भइरहेका बेला ओली समूहका संसदीय दलका सचेतक भट्टराईले शनिबार राजधानीमा भएको एक कार्यक्रमलाई संबोधन गर्ने क्रममा सो बताएका हुन् ।

भट्टराईले भने, ‘प्रधानमन्त्री ओली अल्पमतमा हुनुहुन्छ भनेर बाहिर हल्ला चलाइएको छ । म दाबाका साथ भन्छु,  प्रधानमन्त्री बहुमतमा हुनुहुन्छ । आवश्यक पर्दा त्यो हामी देखाउन तयार छौँ ।’

सरकाले फागुन २३ गतेका लागि संसद् अधिवेशन बोलाउन सिफारिस गरिएको बताउँदै उनले त्यसअघि नेकपा संसदीय दलको बैठक बस्ने बताए । सो क्रममा उनले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेस भए आफूहरुले डटेर सामना गर्ने बताए ।

यदि नेकपा विभाजन हुने हो भने सरकार बनाउनका लागि कांग्रेसको निर्णयक भूमिका देखिएको छ ।विभाजित नेकपाका दुई धारसँग संख्या यकिन नभए पनि लगभग बराबरी संख्यामा सांसद रहने दिखएको छ ।

जसका कारण ६३ सांसद रहेको कांग्रेसको भूमिका निर्णायक हुने देखिन्छ । यदि कांग्रेसले कुनै पनि पक्षलाई साथ नदिने वा कांग्रेसबेगर सरकार बनाउने हो भने नेकपाले जसपालाई  साथ लिए र एक पक्षले अर्का पक्षका सांसदलाई आफ्नो पक्षमा पार्न सक्नुपर्छ ।

यो पनि