जेठ ०३, २०८१, बिहीबार
               

गैरकांग्रेसले जिम्मेवारी पूरा गर्न नसक्ने कुरा प्रमाणित भयो : सिंह

नेपाल फ्ल्यास
फागुन १५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीसँग नैतिकताकाे 'न' पनि नभएकाे बताएका छन् । शनिबार काठमाडौंमा भएको एक कार्यक्रमलाई संबोधन गर्ने क्रममा नेता सिंहले सो बताएका हुन् ।

प्रधानमन्त्री ओलीसँग लाज सरम नभएकाे बताउँदै उनले केपीबाट नैतिकताकाे आस गर्नु बेकारको कुरा भएको बताए संसद भंग गर्ने प्रधानमन्त्री ओली कुनै नैतिकताका आधारमा त्यही संसदमा मुख देखाउने भन्दै नेता सिंहले भने, ‘जसले अभिभावकत्व दिनुपर्ने हाे उहीँ प्रेसिडेन्ट नै रबर स्टाम्प बनेपछि मुलुक मा राजनीतिक समस्या बढेकाे  छ ।’

जिम्मेवारीमा रहेकाहरु गैरजिम्मेवार बन्दा कस्तो अवस्था आउँदाे रहेछ भन्ने कुरा संविधान लेखन मा महत्त्वपूर्ण राेल खेलेकाे बाेलाइ र गराइले प्रष्ट पारेको उनको भनाइ छ । सो क्रममा उनले अब सबै मिलेर काम गर्नुपर्नेबेला आएकाे बताए ।

कांग्रेसबाहेक अरुले पाएकाे जिम्मेवारी पूरा गर्न नसक्ने कुरा प्रमाणित भएको उनले बताए । सो क्रममा उनले नेतालाई मात्रै गाली गर्नुभन्दा मतदान गर्नेवेलामा क्यारेक्टर विचार गरेर जनप्रतिनिधि र नेता छान्न पनि उनले सुझाव दिए ।


कस्तो लाग्यो ?

यो पनि