बैशाख २७, २०८१, बिहीबार
               

ओली शकुनीको भूमिका निर्वाह गर्न माहिर छन्: प्रचण्ड

नेपाल फ्ल्यास
फागुन १५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली सकुनीको भूमिकामा निर्वाह गर्न माहिर रहेको बताएका छन् । 

शनिबार पार्टीसम्बद्ध शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधनका क्रममा  अध्यक्ष दाहालले सो कुरा बताएका हुन् । ‘जेलमा बस्दा महाभारत र चाणक्यबाहेक केही पढेनछन् । सकुनी खुब मनपर्छ उनलाई,’ संबोधनका क्रममा अध्यक्ष दाहालले भने । उनी महाभारतका प्रमुख पात्र हुन् । उनी हस्तिनापुरका राजा धृतराष्ट्र तथा गान्धारीका जेठा छोरा र कौरवका जेठा भाइ हुन् । सकुनी घमण्ड र अन्यायका प्रतीकको रूपमा परिचित छन् । उनले पासा र कौडामा छलकपट गरेर पाण्डवलाई वनबास पठाउनमा ठूलो भूमिका खेलेका थिए । 

उनै सकुनीसँग तुलना गर्दै प्रचण्डले ओलीलाई विचार, सिद्धान्त र इमान्दारितामा कुनै मतलब नभएको तथा जालझेल मात्र जानेको भन्दै प्रचण्डले सकुनीसँग तुलना गरेका हुन् । 

संबोधनका क्रममा प्रचण्डले आफूहरु नै आधिकारिक पार्टी भएको बताउँदै जनतालाई प्रष्ट पार्न पार्टीनिकट शिक्षकसँग आग्रह गरे । त्यसको उनले भने, ‘तपाईहरुलाई पनि डर लाग्छ होला, माओवादी नै भइयो कि क्या हो ? प्रचण्डको कार्यकर्ता भइसकियो त ? एमाले त केपी ओली भन्छन् भनेर तपाईं धरमराउनुभयो भने यता माओवादीमा बल्ल माधवको फेला पर्‍यो थाहा पाउँछन् नि !’


कस्तो लाग्यो ?

यो पनि