बैशाख २७, २०८१, बिहीबार
               

सरकार ढाल्ने चलखेल भइरहेको छ : प्रभु साह

नेपाल फ्ल्यास
फागुन १५, २०७७

ADVERTISEMENT

पर्सा । सहरी विकासमन्त्री प्रभु साहले विकासको मुख्य बाधक भ्रष्टाचार र राजनीतिक अस्थिरता भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै वर्तमान सरकारलाई ढाल्ने चलखेल गरेको आरोप लगाए ।

नेकपा छिपहमाई गाउँपालिका कमिटिले शुक्रबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा मन्त्री साहले जनमतको अपमान गर्दै राष्ट्रलाई अस्थिरतामा धक्लेनेले जनतासमक्ष माफी माग्नुपर्ने तर्क गरे ।

मन्त्री साहले धार्मिक अस्था र सुविचार आउने थालोको रुपमा चिनिने प्रदेश २ को अस्थायी राजधानी जनकपुर प्रदेश सरकारका कारण बदनाम हुँदै गएको आरोप लगाए । उनले पहिले जनकपुर आस्था, सुविचार धर्मको कारणले चिनिने भए पनि पछिल्लो कालखण्डमा त्यसो नभएको बताए । 


कस्तो लाग्यो ?

यो पनि