बैशाख १७, २०८१, सोमबार
               

देउवाजी ओलीलाई साथ दिन जान्छन् भन्ने मलाई लाग्दैन : प्रचण्ड

नेपाल फ्ल्यास
फागुन १४, २०७७

ADVERTISEMENT

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीसँग ओलीसँग पार्टी एकता गरेर ठूलो गल्ती गरेको रहेछु भन्ने अहिले महशुस भएको बताएका छन् । साथै अब एकता असम्भव रहेको बताएका छन् । प्राइम टेलिभिजनलाई शुक्रबार अन्तर्वार्ता दिँदै प्रचण्डले प्रतिनिधिसभा विघटन गर्ने ओलीसँग एकता नहुने बताए । 

उनले भने ‘ओलीजी प्रतिगमनकारी भूमिका खेल्ने। अनि पार्टी एकता उनैसँग कसरी हुन सक्छ? उहाँ पुस ५ पछि प्रतिगमनकारी विचारको मान्छे बन्नुभयो,’ प्रचण्डले भने, ‘अहिले सर्वोच्चले पो हामीलाई न्याय दियो र प्रतिनिधि सभा पुनर्स्थापना भयो त । ओलीको लागे–पुगेको हुन्थ्यो भने त उहाँले देशलाई बर्बादीको दिशामा लान खोजेको हो नि त।’

उनले अन्तरवार्ताकाे क्रममा आगामी प्रधानमन्त्रीका लागि शेरबहादुर देउवालाई स्वीकार गर्न सकिने बताएका छन् । प्रतिनिधिसभा पुनःस्थापना पछि आगामी प्रधानमन्त्री को बन्ने होला भन्नेबारे चासो उत्पन्न भइरहँदा नेकपा अध्यक्ष दाहालले काँग्रेस सभापति देउवालाई स्वीकार्न सकिने बताएका हुन् ।  यद्धपी अहिले नै आगामी प्रधानमन्त्री को भन्नेबारे तय नभइसकेको दाहालले बताए । भावी प्रधानमन्त्रीको नामको सूचीमा देउवाको नाम पनि रहेको र यसको टुंगो ३/४ दिनमा लागिसक्ने प्रचण्डले बताए ।

आफू प्रधानमन्त्री नबन्ने र संयुक्त गठबन्धनको सरकार कसरी बनाउने भन्नेबारे काँग्रेससँगै जसपासँग पनि छलफलमा रहेको अध्यक्ष दाहालले बताएका हुन् । काँग्रेस निर्णायक भूमिकामा रहँदा र ओली पक्षबाट पनि प्रधानमन्त्रीको ‘अफर' गइरहँदा प्रचण्डले भने, ‘देउवा जी ओलीलाई साथ दिन जान्छन् भन्ने म पत्याउँदै पत्याउँन्न।’

साथै नेपाली काँग्रेस, आफ्नो समूह र जसपा मिल्नु भनेको भारतका लागि पनि सहज गठबन्धन हुने प्रचण्डको बुझाई छ । भारतसँग राम्रो सम्बन्ध नबनाइकन नेपालमा समृद्धि, स्थायित्व र विकास चुनौती हुने दाहालको विश्लेषण छ ।


कस्तो लाग्यो ?

यो पनि