बैशाख १७, २०८१, सोमबार
               

मन्त्रिपरिषद् बैठक : प्रतिनिधिसभा बैठक फागुन २३ मा

नेपाल फ्ल्यास
फागुन १४, २०७७

ADVERTISEMENT

काठमाडौं । मन्त्रिपरिषद् बैठकले आगामी फागुन २३ गते आइतबार प्रतिनिधिसभा बैठक आह्वानका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाम्फेका अनुसार शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । 

प्रतिनिधि सभा पुनर्स्थापनापछि शुक्रवार पहिलो पटक मन्त्रिपरिषद् बैठक बसेको हो । सर्वोच्च अदालतले मन्त्रिपरिषद्को सिफारिसमा गएकाे पुस ५ गते राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटनको निर्णय बदर गर्दै गएको मंगगलबार १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो ।

यो पनि