बैशाख १७, २०८१, सोमबार
               

गौतमले गरे पार्टी एकताको प्रस्ताव

नेपाल फ्ल्यास
फागुन १४, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाअध्यक्ष तथा राष्ट्रिय सभाका सदस्य वामदेव गौतमले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा अ‍ोलीसँग पार्टी एकताको प्रस्ताव राखेका छन् । 

पुस ५को कदमपश्चात् दुई धारमा विभाजित नेकपालाई एक ठाउँमा उभ्याउन पार्टी एकता अभियानको अगुवाइ गरेका नेता गौतमले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीसित सो प्रस्ताव राखेका हुन् ।

गौतमले यसअघि बुधबार पनि एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने, दुई अध्यक्षले सचिवालय बैठक बोलाउनुपर्ने माग गरेका थिए।

नेकपा दुई समूहमा विभाजित हुँदा आफू तटस्थ बनेका गौतमले बिहीवार मात्रै दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर ओलीलाई सम्मानजनक तरिकाले बिदाइ गरेर पार्टी एकता जोगाउनु पर्ने प्रस्ताव राखेका थिए । 

भेटका क्रममा दाहाल र गौतमबीच किरब आधा घन्टा कुराकानी भएको थियो । सर्वोच्च अदालतको फैसलाले विभाजित बनेको नेकपालाई पुनः एकता गर्न सहज हुने गौतमको विश्लेषण छ । यद्यपि दुवै पक्ष तत्काल नेकपा एकता हुन नसक्ने बताउँदै आएका छन् । 

उपाध्यक्ष गौतम नेकपा सग्लो छँदैदेखि मध्यममार्गीका रुपमा आफूलाई परिचित गराउँदै आएका छन् ।


कस्तो लाग्यो ?

यो पनि